नेप्सेमा ३७ अङ्कको वृद्धि, ७ अर्बको कारोबार


काठमाडौँ । नेप्से आज ३७ अङ्कले बढेको छ । सोमबार नेप्से ३७.१३ अङ्कले बढेर २६९०.७२ विन्दुमा रोकिएको हो ।

आज ३०५ कम्पनिको कारोबार हुँदा एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । 

त्यसैगरी आज चन्द्रागिरी हिल्सको सबै भन्दा बढी २६ करोड २३ लाख १७ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ८ लाख ४१ हजार ९५७ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।