काठमाडाैं ।
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले पनि जोशीलाई राजीनामा दिन आग्रह गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रमार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।
त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो ।
तर प्रधानन्यायाधीश जबराले उनको जिम्मेवारी समेत खोसेका थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।











प्रतिक्रिया