चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नायिका स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दिएको छ । उक्त चलचित्रको पोस्टरमा रक्सीको एक ब्रान्डको प्रचार गरेको गुनासो आएपछि काठमाडौं प्रहरी परिसर, टेकुले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो ।

कानून बमोजिम मदिराको विज्ञापन गर्न नपाइने भन्दै प्रहरीले पोस्टर हटाउन निर्देशन दिएको प्रहरीले जनाएको छ ।

आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाई पोस्टर हटाउन भनिएको प्रहरीले जनाएको छ ।
परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ ।
चलचित्र बुलबुल शुक्रबारबाट मात्र प्रदर्शनमा आएको हो ।

यस चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ ।
सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।