राजश्व छलेर ल्याएका ४ सय ८५ कार्टुन स्याउ बरामद

0
Shares

सप्तरी ।
हनुमाननगर कंकालिनी नगरपालिका( १० स्थित ईनर्वा चोकबाट राजश्व छलेका करिब ४ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरका ४ सय ८५ कार्टुन स्याउ आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

मनोकामना सिट भण्डार प्रालीले ना।२ ख ३२७१ नम्बरको ट्रकमा सुनसरीबाट सूर्य फ्रुट सेन्टर राजबिराजतर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हनुमाननगर, सप्तरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा भ्याट नतिरी ल्याएको हुँदा उक्त स्याउ प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।