नक्कली रूपैयाँसहित श्रीमान श्रीमती पक्राउ

0
Shares

कास्की ।
प्रहरीले नक्कली नेपाली रूपैयाँ सहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नक्कली नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईल बरामद गरेको छ ।

गत माघ २२ गते पोखरा महानगरपालिका(१६ अर्मलाका विभिन्न किराना पसलहरुमा ग१४प ३५४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लगेर फरार भएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।