नयाँ शक्तिका एकमात्र सांसद तामाङ काँग्रेस प्रवेश गर्दै

0
Shares

नेपाल समाचापत्र, काठमाडौँ ।
प्रदेश ३ का एकमात्र प्रत्यक्ष निर्वाचित नयाँ शक्ति पार्टीका सांसद प्रेम तामाङ नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। उनी फागुन १३ गते रसुवामा एक कार्यक्रम गरेर नयाँ शक्तिबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।

तामाङले प्रतिनिधि सभाको निर्वाचनमा नयाँ शक्तिबाट प्रत्यक्ष निर्वाचन जितेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा तमाङलाई पार्टी प्रवेश गराउन रसुवा पुग्दैछन्।