१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने ५० वर्षीय ठाकुर पक्राउ

0
Shares

धनुषा ।
जनकपुर( १२ रामस्वरुपकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमएक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुर– ४ बस्ने भारत बेतिया जमुनियाका ५० वर्षीय संजय ठाकुर रहेका छन् ।

घर पुर्‍याई दिन्छु भनि सोही स्थानमा रहेको रामसागर बहुमुखी क्याम्पस अगाडिको खाली जग्गामा लगी जबरजस्ती करणी गर्न खोजेको भन्ने स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हनुमाननगर, धनुषाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई आईतबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।