दुर्घटनामा घाइते बाराका सिडिओ भट्टराईको निधन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ।

उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

गत माघ १२ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो।

एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो। कलैयाबाट पिकनिक सकेर निजगढ जाँदै गर्दा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए।