गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसदको घोषणा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति समाजिक सञ्जालमा यतिखेर चर्को आलोचना भैरहेका बेला उनले यस्तो घोषण गरेका हुन ।

उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताएका छन् ।