६९ वर्षको उमेरमा फेरि पिता बने रिचर्ड

0
Shares

हलिउड अभिनेता रिचर्ड गेर ६९ वर्षको उमेरमा दोस्रोपटक पिता बनेका छन्। हालै उनकी ३५ वर्षीया पत्नी अल्जेन्ड्रा गेरेले छोरालाई जन्म दिएकी हुन्। तर बच्चाको नाम तथा जन्मदिनको घोषणा भने गरेका छैनन्।

सन् २०१५ देखि डेटमा रहेका रिचर्ड र अल्जेन्ड्राले २०१८ मा विवाह गरेका थिए। यसभन्दा अघि एक इन्स्ट्राग्राम पोस्ट गर्दै अल्जेन्ड्रा आफू गर्भवती भएको जानकारी दिएकी थिइन्। रिचर्ड तथा अल्जेन्ड्रा दुवैको यो दोस्रो विवाह हो।