आलियाप्रति कंगनाको आक्रोश

0
Shares

बलिउड नायिका कंगना रनवतको हालै मात्र प्रदर्शित फिल्म मणिकर्णिकाले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भयो। फिल्मलाई लिएर मौन बस्नेप्रति उनी रिसाएकी थिइन्। यसपछि उनले अभिनेता आमिर खानदेखि लिएर आलिया भट्टसम्म जमेर टिप्पणी गरेकी थिइन्। कंगानाले आलियालाई निर्देशक करण जौहरको कठपुतलीसम्म भनेकी थिइन्।

‘उनी आफैंको केही आवाज छैन। उनी केबल करण जोहरको कठपुतली मात्र हुन् भन्ने मलाइ लाग्छ कि उनी सफल हुँदिनन्। केबल पैसा कमाउनका लागि काम गरिरहेको भए उनको आफ्नै आवाज हुँदैन। मेरा लागि यस्तो सफलताको केही महत्व छैन’ –उनले भनेकी थिइन्। कंगनाको भनाइबारे भारतीय सञ्चारमाध्यमले आलियाको प्रतिक्रिया लिन खोज्दा उनले जे भन्नु छ कंगनाले भेटेरै भन्ने बताएकी छिन्। आलियाले भनेकी छिन्– ‘मैले पहिले पनि भनेको छु कि म कंगनाको इज्जत गर्छु र उनी आफ्नो दमका कारण यहाँसम्म पुगेकी छिन्। उनी खुलेर आफ्नो कुरा व्यक्त गर्छिन्। म यसको पनि सम्मान गर्छु।’ कंगनाले भने आलियाप्रति रिसाउँदै भनेकी थिइन्– ‘आलिया किन मेरो फिल्म हेर्न डराउँछिन्। जबकि म आलियाको फिल्म हेर्ने साहस गर्छु र उनको प्रसंशा गर्नबाट आफूलाई रोक्न सक्दिनँ।’