दमकलको निःशुल्क फोन सेवा काटियो

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

तपाई अहिले कहि कतै आगलागीको घटना भएर १०१ मा फोन गनुस लाग्दैन । किनकी त्यो लाईन काटिएको छ ।

आगलागी हुदा निःशुल्क प्रयोग हुने दमकलको लाईन काटिएको छ । आगलागी हुदा सर्वसाधारणले निशुल्क प्रयोग गर्ने १०१ नम्बरको लाईन काटिएको छ । दमकलको १०१ नम्बरको लाइन काटिएको यो पहिलो पटक हो ।

दमकल कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले आज बिहान साढे ४ बजे बौद्धमा आगालागी हुदा निशुल्क लाईनको घण्टी बजेको थियो, बिहान ७ बजेदेखि काटिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–दमकल कार्यालयमा दुईवटा लाइनसंग १०१ नम्बर फोन उठ्नेगरेको थियो, हिजोबाट बन्द भयो ।

सरकारले अत्यावाश्यक सेवा अन्तर्गत दमकलको लाईन काटिएको विषयमा अवरोध खुलाउने विषयमा पहल गरेको छैन । हाल १०० नेपाल प्रहरी, १०१ दमकल, १०२ एम्बुलेन्स, १०३ ट्राफिक, १०४ वालवालिका खोजतालास, १०५ र १०६ नेपाली सेना र १०७ अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत रहेको छ ।