‘बीमाको चेतना जन–जनमा पुर्याउन जरुरी छ’

0
Shares

मनोकुमार लाल कर्ण
प्रमुख कार्यकारी अधिकृत, युनियन लाइफ इन्स्योरेन्स कम्पनी
नेपालको बीमा क्षेत्रमा नया“ बीमा कम्पनीहरू थपिएस“गै बीमाको पहु“च पनि बढेको छ । बीमा समितिको पछिल्लो तथ्यांकअनुसार नेपालमा बीमाको पहु“च कुल जनसंख्याको १७ प्रतिशतमा पुगेको छ ।

नया“ बीमा कम्पनीहरूले बजारमा विभिन्न नया“ खालका योजना पनि सञ्चालनमा ल्याएका छन् । बीमा समितिबाट अनुमति पाएर गत वर्षदेखि सञ्चालनमा आएका नया“ जीवन बीमा कम्पनीहरुमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो । कम्पनीले आफ्नो स्थापनाकालदेखि हालसम्म विभिन्न १० वटा जीवन बीमा योजना बजारमा ल्याएको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैयमाससम्मको अवधिमा यस कम्पनीले एक अर्ब रुपिया“भन्दा बढीको बीमा व्यवसाय गरेको छ । जुन अन्य नया“ कम्पनीको तुलनामा सबैभन्दा धेरै हो । नेपाल बीमाको पहु“च कम भएकै कारण बीमा व्यवसायको लागि उर्वर क्षेत्र भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण बताउनु हुन्छ । अभिकर्तालाई प्रशस्त मात्रामा तालिम दिएर उचित परिचालन गर्न सकेको खण्डमा नेपालमा बीमा पहु“च दोब्बरले बढ्न सक्ने उहा“को भनाइ छ ।

कम्पनीले बजारमा कस्तो खालको बीमा योजना ल्याएको छ, कम्पनीको वित्तीय अवस्था कस्तो छ भन्नेलगायतका विषयमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णस“ग नेपाल समाचारपत्रका दीपेन्द्र थापाले गरेको कुराकानी ः

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले कस्तो खालको नया“ बीमा योजनाहरू ल्याएको छ ?
हामीलेहाल विभिन्न १० वटा बीमा योजना सञ्चालनमा ल्याएका छौं । सबै बीमा योजनाका आ–आफनै बिषेशताहरु छन् । हामीले बिक्री गरिरहेका बीमा योजनामध्ये ‘मनी ब्याक होल लाइफ’ बीमा योजना सबैभन्दा उत्कृष्ट योजना हो । यसमा धेरैको आकर्षण पनि देखिएको छ ।

हुन त हामीले वार्षिक ‘मनी ब्याक’ योजना सञ्चालन गरिरहेका छांै । तर, ‘मनी ब्याक’ लाइफ योजना बजारमा खुब बिक्री भइरहेको छ । यसमा धेरै राम्रो विषेशताहरु छन् । जस्तै यदी तपाईले १० वर्ष अवधिको बीमा गर्नुभयो भने पहिलो चार वर्षमा बिमांक रकमको ३० प्रतिशत रकम फिर्ता गर्छ, अर्को ८ वर्षमा ३० प्रतिशत फिर्ता गर्छ र बीमा अवधि समाप्त अर्थात् १० वर्षपछि कम्पनीले तपाईंलाई बा“की रहेको बिमांक रकम र त्यसमा आउने बोनससहित फिर्ता गर्छ ।

त्यतिमात्रै होइन बीमा अवधि समाप्त भएपछि पनि यो बीमा योजना निरन्तर चलिरहन्छ । तपाई ९९ वर्ष पुग्दासम्म यस योजना तपाईको जोखिम सुरक्षण गर्छ । ७० वर्षमा दुर्घटना बीमाको पनि सुविधा छ । यो अन्य बीमा योजनाहरु उत्तिकै राम्रा छन् । जसबाट बीमितले लाभ लिन सक्छन् ।

अहिले नेपालको बीमा व्यवसायको अवस्था कस्तो छ ? बीमा समितिको तथ्यांकले बीमाको पहु“च १७ प्रतिशत रहेको छ, नया“ कम्पनी आएपछि बीमाको पहु“च बढेको हो त ?
अहिले पनि नेपालमा बीमाको बजार पूरा खाली नै छ । बीमा समितिको तथ्यांकअनुसार अहिले बीमाको पहु“च १६ प्रतिशत पुगेको छ । तर, अहिलेको बजारको अवस्थालाई हेर्ने हो भने बीमाको पहु“चमा भएको वृद्धि धेरै कम मात्रमा हो ।

बजारको अवस्थालाई हेर्ने हो भने त कम्पनीहरुले दोब्बर वृद्धि गर्नुपर्ने हो । २÷४ प्रतिशत वृद्धि हुनु ठूलो प्राप्ति होइन । यसको मुख्य समस्या भनेको अभिकर्तालाई परिचालन गर्न नसक्नु हो । अभिकर्ता भनेको जीवन बीमा व्यवसायको मेरुदण्ड हुन् । कम्पनीहरुले यिनीहरुलाई राम्रोस“ग परिचालन गर्न जान्नुपर्छ । यसको लागि अभिकर्तालाई समय समयमा तालिम दिनुपर्छ ।

बजारमा कसरी जाने, बीमितलाई कसरी बीमाको बारेमा बुझाउने, जनचेतना, कस्तो खालको बीमितस“ग कस्तो व्यवहार गर्न भन्ने कुरा सिकाउनुपर्छ ।
समयमा समयमा अभिप्रेरित गर्नुपर्छ ।

अभिकर्तालाई राम्रो सेवा र सुविधा दिनुपर्छ तबमात्र कम्पनीले चाहेको सफलता हासिल गर्न सक्छ । ताकी अभिकर्ताले पनि ढुक्कका साथ काम गर्न सकोस् । तर, अधिकांश कम्पनीहरुले यसो गर्न सकेका छैनन् । अभिकर्ताको तालिमको अभाव छ । ज्ञान, सीपको अभाव छ, अभिकर्तालाई स्वदेशमा विदेशमा प्रयाप्त तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । कम्पनीले पर्याप्त तालिम सीप नदि“दा र यसो नहु“दा जसका कारण सम्भावना हु“दा ह“ुदै पनि बीमाको पहु“च र व्यवसाय बढ्न सकेको छैन ।

मानिसले खैनी, चुरोट, चिया खरिद गरेर खान सक्छ भने बीमा पनि गर्न सक्छ । खैनी, चुरोट र चिया खाने पैसाले बीमा गर्न सक्छ । दिनभरीमा खाइने चियामध्ये एक कप कम चिया खाएर पैसा जम्मा गर्ने हो भने पनि बीमा सकिन्छ, राउटेले पनि बीमा गर्न सक्छन् ।

तथ्यांक हिसाबले नेपालमा बीमाको पह“ुच १६ प्रतिशत पुगे पनि बास्तविक रुपमा नेपालीको बीमा हुन सकेको छैन । अहिले जति पनि बीमा भएको छ त्यो सबै ‘अण्डरइन्स्योरेन्स’ छ । अर्थात् मानिसले आप्mनो क्षमता र आवश्यकताभन्दा कमको बीमा गरेका छन् । जस्तै कुनै मानिसलाई १५ वर्ष पछाडि १० लाख रुपिया“को आवश्यकता पर्नेछ । अहिले उसको राम्रो आम्दानी पनि छ । तर, बीमा गर्ने बेलामा उसले १÷२ लाख बीमा गर्छ । जसलाई ‘अण्डरइन्स्योरेन्स’ भनिन्छ । नेपालमा मुश्किलले २ प्रतिशतले ‘फुल’ बीमा गरेका होलान् ।

१४ प्रतिशत अझै पनि ‘अण्डरइन्स्योरेन्स’ गरेका छन् । तिनीहरुलाई पनि फुल बीमा गराउनुपर्छ । नेपालमा १÷२ वटा कम्पनीले फुल बीमा गराएका होलान् । ‘फुल’ बीमा हुन नसक्नुमा दुई वटा कारण हुन सक्छ । पहिलो कारणले अभिकर्ताले बीमितलाई बीमाको महŒव बुझाउनै सकेन र दोस्रो भनेको बीमित बीमासम्बन्धी चेतना नै भएन । त्यसैले सरकार, बीमा समिति र कम्पनीले सबैले आफ्नो तर्फबाट समाज बीमासम्बन्धी चेतना फैलाउने प्रयास गर्नुपर्छ ।

अभिकर्ता त देश विकासका मेरुदण्ड हुन् । अभिकर्ता भनेको बीमा जीवन बीमा कम्पनीको आधार हो । अभिकर्ताले घर–घरमा पुगेर मानिसस“ग फ्रिज भएको नगदलाई बैंकिङ प्रणालीमा ल्याउ“छन् । जुन देश विकास र निर्माणमा प्रयोग हुन्छ ।

अर्थ मन्त्रालयले संसदमा प्रस्तुत गरेको बीमा विद्येयकमा अभिकर्ताको कार्य क्षेत्र सीमित गरिएको छ । यसले बीमा व्यवसायमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
हो, नया“ विद्येयकमा अभिकर्ताको विषयमा नया“ व्यवस्था गरिएको छ भन्ने सुनेको छु । अभिकर्ताको सुविधा कटौती गरिने पनि सुनेको छ । अभिकर्ताको इन्सेटिभ पनि काटि“दै छ रे भन्ने सुनेको छ, जुन गलत अभ्यास हो । अभिकर्ता त देश विकासका मेरुदण्ड हुन् । अभिकर्ता भनेको बीमा जीवन बीमा कम्पनीको आधार हो । अभिकर्ताले घर–घरमा पुगेर मानिसस“ग फ्रिज भएको नगदलाई बैंकिङ प्रणालीमा ल्याउ“छन् ।

जुन देश विकास र निर्माणमा प्रयोग हुन्छ । त्यसैले अबका दिनमा सरकारले नै अभिकर्ताको हक हितमा सोच्नुपर्ने हुन्छ । अभिकर्तालाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । अभिकर्तालाई समय समयमा फरक खालको तालिम दिनुपर्छ । अभिप्रेरित गरिरहनुपर्छ । आवश्यक परेमा विदेश बाहिर पनि घुम्न पठाउनुपर्छ । बाहिर गएपछि उसले केही कुरा सिकेर आउ“छ । हामीले हाम्रा अभिकर्तालाई राम्रो तालिम दिइरहेका छांै । अभिकर्तालाई हामी पा“चपटक तालिम दिन्छौं । कसरी सेवा दिने भन्ने बारेमा नया“ नया“ तरिका सिकाउ“छांै ।

नेपालको बीमा बजारमा नया“ कम्पनीहरु थपिएपछि कर्मचारी अभाव भएको छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हाम्रो कम्पनीमा जनशक्तिको अभाव छैन, हाम्रा अभिकर्ता धेरै सक्षम छन् । हामी अभिकर्ता र कर्मचारीलाई तालिम दिएर पठाउ“छौ । हामीले आन्तरिक र बाह्य दुवै खालको तालिम प्रदान गरेका छौ । त्यसैले यो चालू आवको दोस्रो त्रैयमासमा हामीले अचम्मको व्यवसाय आर्जन गरेका छौं । गत पुस महिनासम्ममा हामीले १ अर्ब ६ करोड बीमा शुल्क आर्जन गर्न सफल भयौं । जुन चाहि“ आफंैमा एउटा इतिहासजस्तै हो ।


अहिले जति पनि बीमा भएको छ त्यो सबै ‘अण्डरइन्स्योरेन्स’ छ । अर्थात् मानिसले आप्mनो क्षमता र आवश्यकताभन्दा कमको बीमा गरेका छन् । जस्तै कुनै मानिसलाई १५ वर्ष पछाडि १० लाख रुपिया“को आवश्यकता पर्नेछ । अहिले उसको राम्रो आम्दानी पनि छ । तर, बीमा गर्ने बेलामा उसले १÷२ लाख बीमा गर्छ । जसलाई ‘अण्डरइन्स्योरेन्स’ भनिन्छ । नेपालमा मुश्किलले २ प्रतिशतले ‘फुल’ बीमा गरेका होलान् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतको हैसियतले तपाईंले नियमनकारी निकाय बीमा समितिबाट कस्तो अपेक्षा गर्नु भएको छ ?
हामीले बीमा समितिबाट गरेको अपेक्षा पूरा भएको छ । समितिले आफैं ‘मार्केटिङ’ गरिरहेको छ । स्थानीय निकायमा गएर बीमाको बिषयमा विभिन्न छलफल, बहस र अन्तत्र्रिmया सञ्चालन गरेको छ । बीमा समितिले मात्रै काम गरेर हु“दैन । कम्पनीहरुले पनि यसमा काम गर्नुपर्छ । सरकारलाई मात्रै दोष दिएर हु“दैन, हामी पनि अग्रसर हुनुपर्छ । हामीले अभियान चलाउनुपर्छ । हामीले मानिसलाई सचेत गराउनु सक्नुपर्छ ।

नेपालमा बीमा पहु“च बढाउन के गर्नुपर्छ ?
नेपालको बीमा व्यवसायको मुख्य समस्या भनेको आम मानिसमा बीमासम्बन्धी चेतना नहुनु हो । जतिबेलासम्म चेतना हु“दैन तबसम्म मानिसले इच्छा गर्दैन । जबसम्म मानिसमा इच्छाशक्ति हु“दैन तबसम्म उसले बीमा गर्दैन । नेपालमा बीमा गर्न नसक्ने कोही छैन । यदी मानिसले खैनी, चुरोट, चिया खरिद गरेर खान सक्छ भने बीमा पनि गर्न सक्छ । खैनी, चुरोट र चिया खाने पैसाले बीमा गर्न सक्छ । दिनभरीमा खाइने चियामध्ये एक कप कम चिया खाएर पैसा जम्मा गर्ने हो भने पनि बीमा सकिन्छ, राउटेले पनि बीमा गर्न सक्छन् ।

त्यसैले हामीले बीमासम्बन्धी चेतना बढाउन व्यापक अभियान चलाउनुपर्छ । विद्यालयस्तरमा नै बीमा शिक्षा समेटिनुपर्छ । फुल बीमा भनेको के हो ? बीमा किन गर्ने? भन्ने कुरा बुझाउन सक्नुपर्छ ।

नेपालको बीमा क्षेत्रका अवसर र चुनौती के–के छन् ?
नेपालको बीमाको बजार खाली छ त्यसैले अवसर पनि धेरै छ मैले ठूलो चुनौती देखेको छैन । चुनौतीलाई सामना पनि त गर्न सक्नु प¥यो । अभिकर्तालाई तालिम दिनुपर्छ । कसैले बीमा गर्न सक्दैन भन्ने कुरा मनबाट हटाउनुपर्छ । हामीले मानिसलाई बुझाउन सक्नुपर्छ । आज जुत्ता सिलाउनेले बीमा ग¥यो भने १५ वर्षपछि फयाक्ट्री खोल्न सक्छ । किनभने उसले आज २ लाखको बीमा ग¥यो भने १५ वर्षपछि कम्तिमा ४ लाख रुपिया“ पाउ“छ । त्यो रकमले उसले उद्योग खोल्न सक्छ । तर, बीमा गरेन भने उ सधैं आफैं जुत्ता सिलाएर बस्नुपर्छ ।