जन्ती बोकेकोे बस दुर्घटना हुँदा ६ जना घाइते

0
Shares

नुवाकोट ।
शिवपुरी गाँउपालीका वडा नं ८ थानापतिमा बुधबार साँझ काठमाण्डौंबाट जन्ती लिएर फर्कँदै गरेको बस दुर्घटना हुंदा ६ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट जन्ती लिएर दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारतर्फ जाँदै गरेको बा २ ख २३८६ बससाँझ ७ः३० बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बसमा खचाखच जन्ती रहेका थिए । बसको ब्रेक फेल हुंदा सडकमानै बस पल्टिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको उपचार काठमाण्डौंको ग्रान्डी अस्पताल र ग्रीनसिटी अस्पतालमा उपचार भईरहेको छ ।