सिमकोट विमानस्थलमा एयर ट्राफिक जाम

0
Shares

अर्जुन बोहरा, हुम्ला ।

सिमकोट विमानस्थलमा हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ।
नेपालगञ्ज र सुर्खेत बाट दैनिक दिन ३ देखि ६ वटा जहाज एकै चोटी उडान भर्ना थालेपछि एयर ट्राफिक जाम बढेको सिमकोट विमानस्थल श्रोतले बताएको छ । गएको विहिवार बाट भारि हिमपात भई विमान स्थलमा करिव ४ फिट हिँउ जमेपछि बन्द भएको हवाइ सेवा मंगलबारबाट संचालनमा आएको छ । सिमकोट विमान स्थलको रनवेएको हिँउ पन्छाए पनि पार्किङ स्थलको हिउ नपन्छाउँदा हवाई जहाजले सिमकोट विमानस्थको आकासमा होल्ड गर्नु परेको हो ।करिव १० वटा जहाज एकै पटक पार्कङ गर्न सक्ने क्षमता भएको सिमकोट विमान स्थलमा आज २ वटा भन्दा वढी जहाज लाई अवतरण गर्न समस्या देखिएको थियो ।

सिमकोट विमान स्थलमा २ वटा भन्दा वढी जहाजले पार्किङ गर्न नसके पछी अन्य जहाजले आकासमै होल्ड गर्नु परेको छ । विहीबार आजै सिमकोटका लागी उडान भरेका सबै जहाजले ५ । ५ मिनेट आकासमा होल्ड गर्नु परेको सिमकोट नागरिक उड्यान कार्यालयले जनाएको छ ।विमानस्थलको पार्किङ स्थलको हिउ अझै पन्छिएको छैन । नेपालगञ्ज र सुर्खेतबाट सिमकोटका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका गरि सात वटा जहाजले दैनिक उडान भर्दै आएका छन ्। भारि हिंपात पछि रोकीएका यात्रु दैनिक उपभोग्या सामानका साथै सिमकोट विमानस्थलमा पार्किङ्ग गर्ने स्थलमा हिउँ जमेकै कारणले हवाई उडनामा अबरोध भएको हो ।