युरोपमा नेपालको कार्यक्रम

0
Shares

युरोपका अन्य देशहरूको तुलनामा नेपालीहरूको धेरै बसोबास रहेको पोर्चुगलमा हालै नेपुगल फिल्म्स नामक कम्पनीले आप्mना कार्यक्रम प्रस्तुत गरेको छ। गंगाबहादुर नेम्कुलले हालै सञ्चालनमा ल्याएको उक्त कम्पनीले आप्mनो शुभारम्भको अवसर पारेर यूरोपभरि नै विभिन्न कार्यक्रम आयोजना गर्दै छ।
फिल्म्सले हालै मात्र पोर्चुगलमा पहिलो सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विभिन्न नेपाली कलाकारले आप्mनो प्रस्तुति प्रस्तुत गरेका थिए। फिल्म्सले शुभारम्भ कार्यक्रमका लागि नेपालबाट थुप्रै चर्चित कलाकारहरू युरोपमा आमिन्त्रत गरेको थियो। कम्पनीले चलचित्र निर्देशक ऋषि लामिछाने, गायक वीरु लामा र गायिका निर्मला घिसिङलाई पोर्चुगलमा कार्यक्रमका लागि आमन्त्रण गरेको थियो। निर्देशक लामिछाने र गायक लामा युरोपका विभिन्न कार्यक्रममा सहभागी भई नेपाल फकिर्एका छन् भने गायिका निर्मला घिसिङ युरोपका अन्य कार्यक्रम र आगामी १६ फेब्रुअरीमा यूकेमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी भई नेपाल फर्किनेछिन्।

नेपुगल फिल्मस् युरोपका विभिन्न देशमा नेपाली म्युजिक भिडियो, नेपाली सिनेमालगायत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै अगाडि बढ्ने कम्पनीका प्रबन्ध निर्देशक नेम्कुलले बताए।