सबाना आजमीलाई स्वाइन फ्लु

0
Shares

बलिउड अभिनेत्री सबाना आजमी स्वाइन फ्लुको आक्रमणमा परेकी छिन्। रुघाखोकीले सताएपछि नियमित उपचार गरिरहेकी उनलाई उपचारकै क्रममा डाक्टरले स्वाइन फ्लु भएको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनलाई मुम्बईको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनले अस्पताल भर्ना भएपछि भनेकी छिन्– ‘मुस्किलले मानिसहरूले आत्मनिरीक्षण गर्ने मौका पाउँछन्। यस कारण मैले यसलाई ब्रेकका रूपमा लिएको छु। म अस्पतालमा भर्ती भएको छु। यस कारण मेरो स्वास्थ्यमा तेजसँग सुधार हुनेछ।’
सबाना आजमी चर्चित भारतीय शायर कैफि आजमीकी छोरीसमेत हुन्।

सबाना अन्तिम पटक सन् २०१७ मा फिल्म द ब्ल्याक प्रिन्समा देखिएकी थिइन्। भारतमा केही नामी हस्तीहरू स्वाइन फ्लुको चपेटामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतमा केही दिनयता फैलिएको स्वाइन फ्लुका कारण ३ सय २० मानिसको ज्यान गइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।