सन्तोषको भिडियो सार्वजनिक

0
Shares

गायक सन्तोष परियारको गीत मेरी आमा म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच हिमांशु रायमाझीको शब्द, सन्तोषकै संगीत र प्रश्न परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा सार्वजनिक गीत र यसकोे भिडियो सन्देशमूलक रहेको अतिथिहरूले चर्चा गरे। दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा रश्मि भट्ट, स्याम रोक्का, विशाल थापा, हिमांशु रायमाझी र सन्तोष परियारले अभिनय गरेका छन्। भिडियोमा फराज अर्पणको छायांकन र सम्पादन रहेको छ।