बाल शास्त्रीय संगीत स्पर्धा

0
Shares

२६औं राष्ट्रिय बाल शास्त्रीय संगीत प्रतियोगिता राजधानीमा सम्पन्न भएको छ।

किरा“तेश्वर संगीताश्रमले राजधानीको पशुपति परिसरमा शास्त्रीय प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा गायन, सुर र ताल वादन विधामा पुराना तथा नवोदित बालकलाकारले आ–आफ्नो कला प्रतिभा देखाएका थिए।

सुरवादनतर्फ स्वधा पौडेल प्रथम, उर्भी सिंह र प्रसन्न हुमागार्इं द्वितीय, सौम्या शाक्य तृतीय र युनिका बज्रचार्य सान्त्वना भए। त्यस्तै गायनतर्फ अभिन आचार्य प्रथम, सविन बुढाथोकी द्वितीय, निशु शर्मा तृतीय र सवक वर्माले सान्त्वना स्थान हासिल गरेका थिए। ताल वादनतर्फ उत्कृष्ट अञ्चल घिमिरे रहेका थिए। निर्णायक मण्डलमा नवराज ढकाल, धनबहादुर गुरुङ र प्रभु ढकाल रहेका थिए।