बहिष्कार र विवादका बीच ग्रामी अवार्ड

0
Shares

अमेरिकन संगीत क्षेत्रमा महत्वपूर्ण अवार्ड मानिएको ग्रामी अवार्डको ६१आंै संस्करण हालै सम्पन्न भएको छ। अमेरिकाको लस एन्जलसस्थित स्टेपल्स सेन्टरमा आयोजित समारोहमा लेडी गागा, जेनिफर लोपेज जस्ता हलिउडका चर्चित कलाकारले लाइभ पर्फमेन्स दिएका थिए।

समारोहमा दिवंगत अमेरिकन संगीतकार तथा गायक क्रिस कोरनेललाई ≈वेन ब्याड डज गुड बोलको गीतबाट उत्कृष्ट रक प्रस्तुति अवार्डबाट सम्मान गरियो। समारोहमा गायिका कसे मसग्राभ्सको एल्बम गोल्डेन आवरले उत्कृष्ट कन्ट्री एल्बम र एल्बम अफ द इयरको अवार्ड जितेको छ। त्यसै गरी विली नेल्सनको एल्बम माई वेले ट्रेडिसनल पप भोकल एल्बम, जस्टिसको ओमन वल्र्डवाइड एल्बमले डान्स÷इलेक्ट्रिोनिक एल्बम, स्टिभ गेन्स ब्यान्डले स्टिभ गेन्स ब्यान्ड एल्बमबाट कन्टेम्पोररी इन्स्ट्रमेन्टल एल्बम र एरियाना ग्रान्डको स्विटनर एल्बमले पप भोकल एल्बमको अवार्ड चुम्यो। एरियानाले प्रस्तुतिको तयारी गरिरहँदा आयोजकसँग भएको विवादका कारण अवार्ड नै बहिष्कार गरेकी थिइन्।

लेडी गागालाई ३, ¥यापमा पहिलोपटक एकैजनालाई २ अवार्ड

कार्यक्रममा डोनल्ड ग्लोवर, चाइल्डिस ग्याम्बिनो, लुडविग गोरानसन तथा जेफरी लमार विलियम्सको गीत दिस इज अमेरिकाले संग्स अफ द इएरको अवार्ड चुम्यो भने प्रसिद्ध गायिका तथा नायिका लेडी गागाले ≈वेर डु यु थिंक यु आर गोइङ बोलको गीतबाट उत्कृष्ट सोलो पर्फमेन्सको अवार्ड चुमिन्। गागाले ब्रेडली कुपरका साथ स्यालो बोलको गीतबाट उत्कृष्ट पप सामूहिक गायनको अवार्ड तथा यही गीतबाट उत्कृष्ट सङ रिटन फर भिजुअल मिडियाको अवार्ड पनि हात पारिन्। गायिका दुआ लिपाले नवकलाकार बेस्ट डान्स रिकर्डिङको अवार्ड जितिन्। त्यसै गरी सेन्ट विनसेटले मासएजुकेसन बोलको गीतबाट रक गीतको अवार्ड चुमे। चान्स द ¥यापर, ब्यान्ड, ¥यापर केन्ड्रिक लामार र चाइल्डिस गाम्बिनोले केही विवादका कारण अवार्ड समारोहमा प्रस्तुति दिन अस्वीकार गरे।

अवार्ड बहिष्कार गरेका चाइल्डिस गाम्बिनोले भने दिस इज अमेरिका बोलको गीतबाट सङ अफ द इएर र रेकर्ड अफ द इएर गरी २ वटा अवार्ड जिते। ग्रामी अवार्डमा कुनै पनि ¥याप गीतले २ विधाको अवार्ड जितेको यो पहिलो अवसर भएको एजेन्सीले जनाएको छ। समारोहमा अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले गायिका लेडी गागा, जैडा पिन्केट स्मिथ र जेनिफर लोपेजका साथ जीवनमा संगीतको प्रभावका विषयमा बोलेकी थिइन्।