रुकुममा अवरुद्ध टेलिफोन सेवा सुचारु

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुममा गत शुक्रबारदेखी अवरुद्ध भएको टेलिफोन सेवा मंगलबारदेखी सुचारु भएको छ । अविरल वर्षा र हिमपातसँगै चट्याङले रोल्पा रातामाटा स्थित नेपाल टेलिकमको रिपिटर टावरमा क्षति पुगेपछि अवरुद्ध भएको टेलिफोन सेवा सुचारु भएको हो ।

अवरुद्ध भएका नेपाल टेलिकमको नमस्ते, स्काई मोबाईल नेटवर्कका साथै ल्यानलाईन फोन र एडीएसएल इन्टरनेट सेवा सुचारु भएका छन् । क्षति पुगेको रिपिटर टावरमा मर्मत भएपछि सेवा सुचारु भएको नेपाल टेलिकम रुकुमका प्रमुख कृष्णप्रसाद गौतमले बताउनुभयो ।