खोटाङमा ६ दिन टेलिफोन लाईन अवरुद्ध हुने

0
Shares

रामधन राई, खोटाङ ।
दुरसञ्चार कार्यालय दिक्तेलबाट सञ्चालन रहेका नेपाल टेलिकमका पिएसटिएन र एडीएसएल लाईनहरु केही दिन अवरुद्द हुने जनाईएको छ । उक्त लाईनहरुलाई नयाँ एक्सचेन्जमा सिफ्ट गर्नुपर्ने भएकाले मंगलबारदेखि फागुन ५ गतेसम्म टेलिफोन तथा एडीएसएल लाईन अवरुद्द हुन सक्ने सूचना जारी गरिएको छ ।
टीडीएम माईग्रेसनका कारणले प्राविधिक समस्या आई केही लाईनहरु वन्द हुन सक्ने भन्दै दुरसञ्चार कार्यालयले सेवाग्राहीका लागि सूचना जारी गरेको हो ।