फाेहाेरले भरिएकाे बसपार्क सफा गर्दै ट्राफिक प्रहरी

0
Shares

विमल विष्ट, डोटी ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरीहरु मंगलबार बिहान हात हातमा झाँडो बोकेर दिपायलको बस पार्क आईपुगे । सधै गाडीलाई नियमबारे सिकाउने उनिहरु हातमा झाँडो बोकेर आएपछि त्यहाँ रहेका गाडीका चालक तथा अन्य स्थानियहरु अचम्मित भएका थिए । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारको एक मात्र बसपार्क दुर्घन्धित भएपछि उनिहरु सफाईका लागि आएका हुन् ।

ट्राफिक प्रहरीले बसपार्क सफागर्न थालेपछि अन्य गाडी चालकपनि झाँडो बोकेर फोहर बसपार्क सफा गर्न लागेका थिए । फोहरले भरीएको बसपार्क सबैले सफा गरेपछि एकै छिनमा हेर्न लायक तथा सुन्दर पनि भयो ।

अव्यवस्थित बसपार्क तथा जताततै फोहर पाmलेका कारण बसपार्क र्दुगन्धित भएपछि आफुहरु सफागर्न निस्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “अरुलाई मात्रै कति भन्नु कहिले काँही हामीपनि सफागरौन न भनेर बसपार्क सफा ग¥यौँ ।” ट्राफिक प्रहरीले बस पार्क सफा गरेपछि अहिले बसपार्क रमाईलो तथा सुन्दर भएको स्थानिय रमेश खडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फोहर गर्ने सेना प्रहरीले सफा गर्नु पर्ने हामीलाई यतिपनि लाज छैन् ।”

दिपायल सिलगढी नगरपालिकाले स्थानिय हिक्मतबहादुर शाहको लिजमा लिएको जमिनमा बसपार्क बनाएको छ । यहाँको बसपार्क देखी पिपल्ला बजारको सरसफाई नेपाली सेना,नेपाल प्रहरी, ट्राफिक प्रहरी र बिद्यार्थीहरुले गर्दै आएका छन् । नगरपालिकाले बसपार्क भित्र टिकट काउण्टर,शौचालय र यात्रु प्रतिक्षालय निर्माण गरेको भएपनि जताततै फोहर गरेका कारण बसपार्कमा छिर्न सम्म लायक छैन् ।

नगरपालिकाले निर्माण गरेको शौचालयमा पानी नहुँदा शौचालय प्रयोग बिहिन भएको छ । उक्त बसपार्कको रेख देख गर्ने तथा गाडी पार्किङ बापतको रकम लिने जिम्मा लिएको शैलेस्वरी यातयात व्यवसायी समितिले खासै वास्ता नगरेका कारण बसपार्क दिनानुदिन फोहर बन्दै गएको दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत भोजराज शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बसपार्क बनायौ तर त्यस्को रेखदेख गर्ने जिम्मा शैलेस्वरी बस व्यवसायी समितिको हौँ,उसैले रेखदेख गर्दैन कस्लाई के भन्नु ।” त्यस्तै बसपार्क भित्र स्थानियले आफनो घर निर्माणका सामाग्री राखेका कारण बसहरु पार्किङ गर्नपनि समस्या हुन थालेको चालकहरु बताउछन् । उनिहरु भन्छन् “सडकमा गाडी राखौँ ट्राफिक प्रहरीले कार्वाहि गर्ने बसपार्कमा गाडी राख्ने ठाउ छैन् ।”