वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

0
Shares

ललितपुर, (नेस)
‘दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ पद्धति’ भन्ने नाराका साथ माघ २४ गतेबाट शुरू भएको ३ दिने दसौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता आइतबार सम्पन्न भएको छ।

प्रतियोगितामा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन, टे«जर हन्ट, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, मोडल कम्पिटिसन गरी ८ विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो। सो प्रर्दशनीमा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो। प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सिनियर ब्रान्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए।

सो कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्रा·णमा आयोजना गरिएको थियो।