लखनउमा प्रियंका गान्धीको भव्य स्वागत


नयाँदिल्ली, (एजेन्सी)
गत महिना औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेको घोषण गरेयता पहिलो पटक सार्वजनिक भएकी प्रियंका गान्धीलाई स्वागत र अभिवादन गर्न हजारौं संख्यामा भारतीय जनता सोमबार सडकमा ओर्लेका छन्। प्रियंका गान्धी हत्या गरिएका भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीकी पुत्री हुन्।

प्रमुख विपक्षी कंग्रेस पार्टीका अध्यक्ष तथा आफ्ना दाजु राहुल गान्धीसँग भारतको उत्तरी शहर लखनउमा समर्थकमाझ उनी देखापरेकी हुन्। राजनीतिक विश्लेषकहरूले केही समयपछि नै हुन गइरहेको भारतको आम निर्वाचन सम्मुख कंग्रेसको चुनावी प्रचार अभियानमा प्रियंकको कारण थप ऊर्जा प्राप्त हुने अनुमान गरेका छन्।

उनकी हजुर आमा इन्दिरा गान्धी पनि भारतका पूर्वप्रभावशाली प्रधानमन्त्री हुन्। उनको आफ्नै अंगरक्षकबाट हत्या भएको थियो। बीबीसीकी पत्रकार गीता पान्डेले उत्तर प्रदेश राज्यको लखनवका सडकमा जम्मा भएका दशौं हजार समर्थकले नारा लगाउँदै प्रियंका र राहुल गान्धीको स्वागत अभिवादन गरेको बताएकी छिन्।

उत्तर प्रदेशका महासचिव ज्योतिरादित्य सिन्दियासँग आएका गान्धीद्वयलाई कडा सुरक्षा प्रदान गरिएको थियो। सन् २०१४ को आम चुनावमा कंग्रेसलाई नरेन्द्र मोदीको भारतीय जनता पार्टी ९बीजेपी०ले पत्तासाफ पारेको थियो।