कालीवहादुर मल्ल, कालिकोट ।
यस जिल्लाको नरहरीनाथ गाउँपालिका–१ का ५७ वर्षीय डिल्ली कामीलाई जातीय विभेद गरी कुटपीट गरी घाइते बनाउने पीडकहरुलाई कार्वाहीको माग गर्दै समोबार दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन–पत्र वुझएका छन् ।
सोही ठाउँका चन विष्ट र नरेन्द्र विष्टले पौष १७ गते गणेसपुर स्थित बाटोमा भेट हुदा एक्कासी डुम कमरा ठुलो पल्टेको त मेरा घरमा किन काम गर्न आईनस भन्दै जातीय विभेदीत सव्दहरु प्रयोग गरी कुटपीट गर्दा पीडित कामी गम्भीर घाइते भएका थिए ।
पीडित पक्षले पीडक विरुद्ध पुस २० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिए पछि प्रहरीले पक्राउ गरेपनि साधारण तारिखमा थुना मुक्त गर्नुका साथै प्रहरी प्रशासन, अदालतले उजुरीलाई गम्भीर ढंगले नलिएको भन्दै ज्ञापन–पत्र मार्फत प्रशासनको ध्यानाकर्षण गराइएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिलला संयोजक विर तिरुवाले वताए । साथै उनले जातीय विभेदका घटनामा प्रहरी प्रशासन र अदालतले समेत गम्भीर नलिएकाले पीडकहरुलाई कडा कार्वाहीको लागि दवाव दिन जिल्लामा रहेको मानवअधिकार क्षेत्रमा काम गर्ने अधिकारकर्मी,दलित जनप्रतिनिधको हस्तक्षरमा धानाकर्षण पत्र पेस गरिएको समेत जानकारी गरए ।
स्थानिय सरकार प्रतिनिधि विर्ख सिहं विक, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जयवहादुर विक, दलित गैसस महासंघका परेक नेपाली लगाएतको हस्ताक्षर रहेको ज्ञापन–पत्रमा पीडकलाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन २०६८), अपराध संहिता ऐन २०७४ का साथै नेपालको संविधान २०७२ को प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ । यस्तै डिल्ली कामीका पीडकलाई हदै सम्मको सजाय गर्न, पिडीत डिल्ली कामीलाई आवश्यक उपचारको व्यावस्था मिलाउन, पिडित पक्षलाई उचित न्याय सहित राहत प्रदान गर्न माग गरिएका छ ।
प्रतिक्रिया