नेपाल समाचारपत्र, दाङ ।
दाङमा प्रहरीले बालिका अपहरण गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
आज दिउसो २ बजे दाङको घोराहीबाट बालिका अपहरण गरि फरार रहेको सूचनाका आधारमा खोजतलास गर्दा घोराही ९ ढिकलपुर २८ बर्षीय प्रयास चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कालीकोटी ४ राँचुली घरभई हाल दाङ घोराही १४ कपासी बस्ने अस्मिता शाहीकी ३ बर्षीया छोरीलाई सोमबार दिउसो २ बजेतिर अहरणगरि फरार रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
बालिका अपहरणगरि फरार रहेको भन्ने सुचना पाउनसाथ खोजतलास गर्दा घोराही १५ रतनपुरबाट बालिकालाई सकुशल उद्धार गरिएको छ ।
साथै अपहरण गर्ने चौधरीलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ वमोजिम अपहरण वा शरीर वन्दकसम्वन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया