सुनारीसौडामा १ सय ५२ किलो गाँजा बरामद

0
Shares

हेटौंडा ।
मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–२, सुनारीसौडास्थित केही घर र गोठबाट प्रहरीले गाँजा बरामद गरेको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रनि मधुकुमार थापाको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले माइला भनिने मदन थोकरको घर खानतलासी गर्दा गाँजा १ सय ११ किलो र माइला स्याङ्बोको घर खानतलासी गर्दा गाँजा ४१ किलो फेला पारेको हो । उक्त आपराधिक कार्यमा संलग्न फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सञ्चालित गाँजा तथा अफिम खेती नष्ट गर्ने अभियान अन्तिम अबस्थामा आइपुगेको र फँडानी गर्न छुट हुन गएका स्थानमा उत्पादन भएका गाँजा संकलन गरी बेचबिखन गर्न लागिएको सूचना संकलन र कारबाहीको अभियानअन्तर्गत् यस हप्ता तेस्रो पटक गरी २ सय ९१ किलो गाँजा बरामद गरिसकिएको छ ।