नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।
सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ ।
बैठकमा नेविसंघकैबारे छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया