सांसद पालद्वारा गरिब परिवारलाई सहुलियत

0
Shares

नेपाल समाचारपत्र,. महेन्द्रनगर
महिला तथा सामाजिक समितिका सभापति तथा संघिय सभा संसद निरु देवी पालले शनिवार भीनपा–१७ मा रहेको महाकाली बाल विद्यालयकी एक गरिब परिवारकी छात्रालाई शिशु कक्षा देखि माध्यमिक तहसम्मको पढाईको सम्पुर्ण खर्च बेहोर्ने बताउनुभयो ।

मझगाँउमा रहेको महाकाली बाल विद्यालयको २७औं बार्षीकोउत्सवमा संसद पालले राष्ट्रको सर्वाङ्गीण विकासको आधार नै शिक्षा भएको र शिक्षा क्षेत्रमा गरिएको लगानीले समाज रुपान्तरणमा बिशेष महत्व राख्ने हुनाले आफुले आफ्नो तर्फबाट हुन सक्ने सम्पुर्ण सहयोग गर्ने समेत बताए ।

तीन बर्षीय बालिका प्रिया सुनारलाई गोद लिएर अहिलेकै अवस्था देखि माध्यमिक तहसम्मको शिक्षा आर्जन गराउने कुरा संसद पालले उक्त कार्यक्रममा व्यक्त गरेकी हुन् । आर्थिक स्थिती ज्यादै न्यून भएका दलित पारिवारकी एक बालिकालाई यसरी शिशु कक्षा देखि माध्यमिक तह सम्म शिक्षा आर्जन गराउने कुराले आफु निकै खुशी भएको बालिकाका अभिवावकले बताए ।

‘हामी जस्ता गरिब, दलित र पिछिडिएका वर्गको शिक्षामा पहँच बढाउने म्याडमले गरेको पहल एकदमै सराहनीय रहेको छ ।’ सुनार परिवारको कथन छ ।

महाकाली बाल विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि आफु कहिले पनि पछि नहट्ने कुरा व्यक्त गर्दै संसद पालले दुई बर्ष भित्र, एक सुविधा सम्पन्न आधुनिक पुस्तकालय बनाउनका लागि लाग्ने सम्पुर्ण खर्च समेत आफैले बेहोर्ने बताएकी छिन् ।