ट्र्याक्टरले किच्दा एकको मृत्यु

0
Shares

लहान ।
सिरहाको नरहा गाउँपालिकामा इँट्टा ल्याई झार्ने क्रममा आज ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

स १ त ३४६१ नंको ट्र्याक्टरमा इँट्टा ल्याई झार्ने क्रममा सोही ट्र्याक्टरले किचिएर नरहा गाउँपालिका–५ निवासी ४५ वर्षीय शिवनन्दन ठाकुरको मृत्यु भएको हो । ट्र्याक्टरले किचिएर गम्भीर घाइते भएका ठाकुरको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।