मदिरा निषेध गर्ने निर्णयको स्वागतमा निकालियो र्याली

0
Shares

धनवीर दाहाल, रुकुम ।
जिल्लालाई मदिरा निषेधित बनाउनका लागी स्थानीय तहहरुले थालेको अभियानलाई स्थानीयले स्वागत गर्दै र्याली निकालेका छन् । मदिरा आयात तथा विक्री वितरण रोक सम्बन्धी गरेको निर्णयको समर्थन गर्दै स्वागत तथा समर्थनमा रुकुम पश्चिमका स्थानीयले र्याली निकालेका हुन् ।
सानीभेरी गाँउपालिका वडा नं ३ का वडा कार्यालय,महिला समूह, आमा समूह, शिक्षक, विद्यार्थी तथा अभिभावकहरु सहितको सहभागितामा र्याली निकालिएको हो । समाजमा मदिरा पदार्थ सेवन गरी विभिन्न प्रकारका घटना तथा घरेलु हिंसा खेपिरहेकाले महिला तथा बालबालिकाको शारिरिक, सामाजिक तथा मानसिक रुपमा हिंसा खेपिरहेको शक्तीशाली आमा समूह सानीभेरी ३ भलाचौरकी अध्यक्ष कोपिला खड्का ओलीले बताउनुभयो ।

उहाँले हाम्रो समाजमा मदिरा बिक्री वितरण गर्न कुनै पनि हालतमा नदिने र जिल्ला तथा गाउँपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गरेरै दावी गर्नुभयो । जिल्ला समन्वय समिती तथा गाउँपालिकाले गरेको निर्णयमा खुट्टा नकमाउन समेत निर्णय कर्तालाई आग्रह ओलीले गर्नुभयो ।

सिम्ली प्रहरी चौकी प्रमुख ऋषिराज खड्काले सानीभेरी गाउँपालिका भित्र मदिरा आयात तथा विक्री वितरण सम्बन्धी गरेको निर्णयलाई कार्यन्वयन गर्न सबैले प्रहरीलाई सघाउनु पर्ने बताउनुभयो ।

आफुहरुले गाउँपालिका भित्र कुनै पनि मदिरा भित्रिन नदिएको र घरेलु मदिरा नष्ट गर्ने काम भैरहेको उहाँले जानकारी दिनुभयो । आफुहरुले अभियानको रुपमा गाउँपालिका भरी खोजतलास गरिरहेको र सबैले अभियानलाई सहयोग गर्न प्रहरी चौकी प्रमुख खड्काले आग्रह गर्नुभयो ।