सवारी दुर्घटनामा ३ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
इलाम, मोरङ र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

इलाम, देउमाई नगरपालिकास्थित सडकमा पाँचथरबाट इलाम जाँदै गरेको को१त ४२६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक इलाम देउमाइ नगरपालिका २ भदौरे बस्ने २६ वर्षीय सुमन गुरुङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि मनमोहन अस्पताल झापातर्फ लगिएको छ ।

मोरङ, बिराटनगर महानगरपालिका ३ स्थित सडकमा को१ख ७०९२ नम्बर टिपरले कटहरी गाउँपालिका २ बस्ने ५० वर्षीय लगनलाल राजबंशीलाई आइतबार बिहान ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ ।

सिराहा, नरहा गाउँपालिका ५ बस्ने ४५ वर्षीय शिब नन्दनले आफ्नो घर बनाउनको लागि स१त ३४६१ नम्बरको  ट्याक्टरमा इट्टा ल्याई झार्ने क्रममा सोही ट्याक्टरले किचिएर शिबनन्दन ठाकुरको आइतबार बिहान मृत्यु भएको छ ।

शनिबार राति ट्याक्टरले किचिएर गम्भीर घाइते भएका उनको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।