अवैध लागूऔषध सहित ३ जना पक्राउ

0
Shares

काठमाडौं ।
धादिङ,  गजुरी गाउँपालिका(१ कृष्ण मन्दिरस्थित अवैध लागूऔषध चरेश करिब ३ सय ६० केजी सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मैनापुरी कारओली थाना बस्ने अन्दाजी ६४ वर्षीय ओम प्रकास, भारत फरुखा दउरा बस्ने अन्दाजी २९ वर्षीय मरपाल वर्मा र भारत मोतियारी पुर्बी चम्पारण  बस्ने अन्दाजी ३४ वर्षीय गुलाव खान रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट संयुक्त रुपमा खटिएको प्रहरीले काठमाडौंबाट भारततर्फ जाँदै गरेको एचआर ५५ एम ९४८४ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक ओम प्रकास र कन्टेनरमा सवार वर्मा र खानलाई पक्राउ गरेको हो ।

सिराहा, लहान नगरपालिका(३ स्थित पूर्व बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन ९ एम्पुल, डाईजेल्याव ९ एम्पुल र नुर्फिन ८ एम्पुल सहित २ जनालाई शनिवार साझँ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका(७ का २७ वर्षीय आशिष सिलवाल र लहान नगरपालिका(३ का २५ वर्षीय राम बाबु शर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बेश क्याम्प लहानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।