जीवन बचाउने पाँच उपाय सिक्दै प्रहरी

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।
हाम्रै आँखा अगाडी सामान्य भन्दा सामान्य कारणले दर्गा कुनै बेला मानिसको ज्यान नै गएको पनि देखेका छौँ । तर, हामीले चाहयौँ भने सानो सहयोगल मानिसको ज्यान पनि जोगाउँन सक्छौ । यस्तै कारणहरुले गर्दा आफ्टेरोमा परेका मानिसको ज्यान बचाउन सहयोग पु¥याउने उद्देश्यले हातेमाले अभियान नेपालले ज्यान जोगाउने पाँच उपायको बारेमा प्रहरीहरुलाई तालिम दिएको छ ।

समुदाय सँग प्रत्यक्ष सम्पर्कमा रहने ट्राफिक प्रहरीलाई हातेमालो नेपाल अभियानकी अध्यक्ष तथा तामाकोशी सहकरी अस्पतालमा कार्यरत डा. लक्ष्मी पन्थीले तालिम दिएकी हुन् ।

मानिसले खाना खाँदै गर्दा घाटीमा केही कुरा अड्किदा र सर्किदा, हर्टयाट्याकको लक्षण देखिदा, चोट लागेर रगत बग्दा, एक्कासी बेहोस हुँदा र अन्तिम चरणको हर्टयाट्याक हुँदा आपतकालिन अबस्थामा अपनाउनु पर्ने विधिको बारेमा डा. पन्थीले तलिममा जानकारी गराउनु भएको थियो । शनिबार मन्थलीमा दिएको तालिममा करिब १५ जना प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।

तालिम पश्चात तालिममा सहभागी प्रहरीहरुले आफ्नै आँखा अगाडी आपतकालिन घटनामा मान्छेको ज्यान जाँदा समेत आफूहरुलाई प्राथमिक उपचारको बारेमा थाहा नहुँदा चुप लागेर बस्नु पर्ने बाध्यता रहेको सुनउँदै तालिमले धेरै सहयोग पुगेको बताए ।

तालिम पश्चात स्वयमसेवी रुपमा डा. पन्थीको पहलमा आपतकालिन अवस्थामा चाहिने करिब १५ हजार बराबरको विभिन्न किसिमका औषधी पनि ट्राफिक प्रहरीलाई प्रदान गरिएको छ ।