नेका नगर समितिद्धारा तीन पुराना नेतालाई सम्मान

0
Shares

पाल्पा ।
नेपाल काँग्रेस तानसेनले पुराना नेता तथा कार्यकर्ताको सम्मान गरेको छ ।
नेपाली काँग्रेस तानसेन नगरपालिका वडा ३ वुथ समितिले संस्थापक नगरसभापति सूर्यरत्न राजभण्डारी, निवर्तमान सभापति चकोरमान शाक्य र अग्रज काँग्रेस नेता डुकुलराज घिमिरेलाई सम्मान गरेको हो ।

वुथ समितिका सभापति पुष्करराज रेग्मीको सभापतित्व र युवा नेता राजेन्द्रगोपाल सिंहको संयोजनमा भएको कार्यक्रममा सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

सम्मानसंगै संगठन विस्तार र पार्टीमा लगानी गरेका अग्रजहरुको योगदानका विषयमा नयाँ पुस्तालाई जानकारी हुने भएका कारण सो कार्य थालिएको नगरसमितिका सभापति मधुदयाल सैजुले बताए । वडा समिति, टक्सारटोल, भगवतीटोल र बसन्तपुरका नेपाली काँग्रेसका क्रियाशील कार्यकर्ताहरुलाई क्रियाशील सदस्यता समेत वितरण गरिएपछि पार्टीमा नयाँ उर्जा थपिएको नगर सभापति सैजुको भनाई थियो ।

सोही कार्यक्रम अन्तर्गत सम्मानित निर्वतमान नगरसभापति चकोरमान शाक्यले काँग्रेसका नेताहरुले स्वार्थभन्दा माथि, उठेर, धनभन्दा माथि उठेर देश र जनताको हितमा काम गरेर इतिहास रचेको बताए । अर्का सम्मानित व्यक्तित्व डुकुलराज घिमिरेले पार्टीले खटाएका काममा निरन्तर अहिले पनि लागिपर्ने प्रेरणामा यो सम्मानले उर्जा थपेको बताए ।

कार्यक्रमका सभापति पुस्कर रेग्मीले, सम्मानको थालनीले अग्रजका अनुभव र नयाँ नयाँ कार्यकर्ताको जोसलाई सम्मिश्रण गरेर लग्न सकिने बताए ।

संयोजक तथा युवा नेता राजेन्द्रगोपाल सिंहले पार्टीलाई योगदान गरेका अग्रजहरुको सम्मान र नयाँलाई क्षमता अनुसारको जिम्मेवारी दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काग्रेस नगर उपसमितिका संयोजक विधान श्रेष्ठले, उतार चढाव हुन्छ, हारजित पनि त्यही प्रक्रिया हो, हुन्छ, तर निरन्तरतामा कमी आउँनु हुदैन भने । तीन नम्बर वुथ समितिकी उपाध्यक्ष तुमला बज्राचार्यको स्वागत, सचिव सुजन कार्कीको सञ्चालनमा सम्मान तथा क्रियाशील वितरण कार्यक्रम भएको हो ।