कैदीबन्दीको मृत्यु

0
Shares

भद्रपुर ।
जवरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय तोकेर जेल जिवन बिताइरहेका एक बन्दीको ज्यान गएको छ । झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका ७ का २५ बर्षीय अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रबार उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको र उनको उपचारको क्रममा शनिवार राती मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।