पुर्व प्रधानमन्त्री डा.भट्टराई नुवाकोटमा

0
Shares

नुवाकोट ।
असल राजनीति र समाबेशी विकासको लागी जनम्बाद कार्यक्रमको लागी नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहितको टोली यात्राको क्रममा नुवाकोट सदरमुकाम बिदुर आईपुगेको हो ।

जनसम्बाद कार्यक्रमलाई सम्बोध गर्नुहुदै नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराइले लामो राजनीति परिवर्तन पछि देशले तिब्र गतिको विकासको कल्पना जनताले गरेको बताउनुभएको छ । मध्य पहाडी लोकमार्ग नेपाली इतिहासको बसोबासको मुख्य क्षेत्र भए पनि हरेक वर्ष जनसङ्ख्या घट्नुको साथै कृषि अर्थ तन्त्र ह«ास हुदै गएको बताउनुभएको छ ।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले निर्वाचित स्थानीय जनप्रतिनीधि, बिभिन्न राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक ब्यक्तित्व, बुद्धिजिवी र ब्यापारी लगायत सर्वसाधारणसंग भेटघाट तथा अन्तरकृया गर्नुभएको थियो । कार्यक्रममा उहाले मुलुकले राजनीतिक कार्यभार सम्पन्न गरेको भन्दै समावेशी बिकास र आर्थिक सम्बृद्धि अबको मूख्य कार्यभार भएको बताउनुभएको छ । नया शक्ति पार्टिले गत माघ १५ गतेदेखि एक महिने मध्य पहाडी पुष्पलाल लोकमार्ग पुर्बी नेपाल पाँचथरको चिवा भन्ज्याङबाट जन सम्बाद सुरु गरेको थियो । आगामी फाल्गुन १५ गते सम् पश्चिम बैतडी को झुलाघाट सम्म को पैदल यात्रा कार्यक्रम तय गरेको हो । जन संबाद, गणतान्त्रिक लोकतन्त्रको महत्वमा जन संबाद, समुन्नत समाज निर्माणको लागि जन संबाद यस अभियान करिब एक महिना सन्चालन हुने नयाँ शक्ति पार्टी सचिवालय सदस्य कल्पना धमलाले बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की लगायतले वर्तमान समायमा समावेशी विकासको आवश्यक्ता रहेको बताएका छन् । नयाँशक्ती पाटि नुवाकोटले जनाए अनुसार डाक्टर भट्टराईले आईतवार म्यागङ गाउँपालिकाको सामरीमा हुने कार्यक्रममा सहभागीता जनाउनेछन । चिवा भञ्ज्याङ पाचथरदेखी सुरु भएको नयाँ शक्ति पार्टी नेपालको जनसम्बाद यात्रा नुवाकोट आइपुगेको छ ।