विराट आर्ट फेयरमा रगिंए क्यानभास

0
Shares

सरोज यमदव, विराटनगर ।
मुलुकको धरोहरका रुपमा रहेको चित्रकलालाई संरक्षण गर्न राज्यले थप ध्यान दिनुपर्ने कलाकारहरुले बताएका छन् । उनीहरुले प्रदेश एकमा आर्ट ग्यालरी स्थापना गर्नसमेत माग गरेका छन । लायन्स क्लव अफ विराटनगर योङ्ग हर्टको सहयोग र ललित कला संगमको आयोजनामा विराटनगरमा आयोजित दुई दिने विराट आर्ट फेयर–२०७५ मा सहभागिले यस्तो माग गरेका हुन । चित्रकलालाई संरक्षण र प्रर्बद्धनगर्ने उद्धेश्यले आयोजना गरिएको प्रदेशस्तरिय चित्रकला कार्यशाला मेलामा २ दर्जन बढी चित्रकार सहभागि भएका थिए ।

सो क्रममा चित्रकलाका अनुभवी र सुप्रसिद्ध कलाकारका साथै नयांपुस्ताका चित्रकारहरुले एकै थलोमा बसेर नयां सृजना गरेका छन । आर्ट फेयरमा सहभागि चित्रकारहरुले एक्रेलिक कलरबाट क्यानभासमा चित्र सृजना गरेका छन भने वाटर कलरले पेपरमा चित्र बनाएका छन । नयां र अनुभवी चित्रकारहरु एकै थलोमा सृजनागर्न पाएपछि उनिहरुबीच अनुभवको आदानप्रदान समेत भएको छ । छरिएर रहेका कलाकारहरुलाई एकै थलोमा जम्मा गरेर कार्यशाला आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष अनुराधा थापाले बताइन ।

कार्यशालामा सहभागि चित्रकारहरुलाई आयोजक समितिले विराटनगर थिम दिएर चित्र सृजनागर्न आग्रह गरिएको थियो । आयोजकको आग्रह अनुसार चित्रकारहरुले विराटनगरको पहिचान झल्किने चित्र सहित आ–आफ्नो कल्पना अनुसारको चित्रहरु क्यानभासमा उतारेका छन । आर्ट फेयरमा सहभागि चित्रकारहरुले बनाएका चित्रहरु आइतबार प्रर्दशन र विक्रीकालागि राखिएका थिए ।

चित्रकलाप्रति सर्वसाधारणको ध्यान आकृष्टगर्न र प्रबद्र्धन गर्ने उद्धेश्यले पहिलो पटक प्रदेशस्तरिय आर्ट फेयर विराटनगरमा आयोजना गरिएको लायन्स क्लव अफ विराटनगर योङ्ग हर्टका अध्यक्ष सनातन मण्डलको भनाई छ । यसअघि एकलरुपमा कलासृजनागर्दै आएका कलाकारहरु संस्थागत र समुहगतरुपमा एकैथलोमा बसेर चित्र सृजनागर्न पाएपछि उत्साहित समेत भएका छन ।

साहित्यभन्दा पहिले चित्रकला प्रादुर्भाव भएपनि सो अनुसार राज्यको प्राथमिकतामा पर्न नसकेको कलाकारहरुले बताएका छन । उनिहरुले ब्यवस्थित प्रर्दशनीस्थल निर्माण गरेर चित्रकलालाई प्रबद्र्धन गर्नुपर्ने बताएका छन । नेपाली चित्रकलाले अन्तर्राष्ट्रियस्तरसम्मा ख्याति कमाईसकेपनि नेपालमै भने अपेक्षित बजार पाउन नसकेको कलाकारहरुको भनाई छ । कलाकारलाई उचित सम्मान र सृजना गरिएका कलाकृतिहरुलाई संरक्षण,संबद्र्धन र बाजारीकरण गर्नुपर्ने आवश्यकतालाई समेत चित्रकारहरुले औल्याएका छन ।