काठमाडौं । देशको निति तथा कानुनका बिषयमा नेपाली नागरिक जानकार हुनुपर्छ । यसअर्थमा सरकारी नियम कानुन सबैले जानेकै हुन्छ भन्नेपनि हुँदैन । इन्टनेटको युगमा किताबमै सबै खोजर नभेटिन पनि सक्छ । त्यसैले आजभोलि मानिसले के चाहेको हो त्यो सबै इन्टनेटमा भेटन सक्छ । व्यवसायदेखि कानुनसेवामा लागेका मानिसका लागि पनि राज्यको नियमका विषयमा जानकार हुनुपर्छ ।
राज्यले समयअनुसार कानुन बदलिरहन्छ । राज्यले बनाएको कानुनसँग जानकार भइयोे भने व्यवसायमा सफलता पाउन सकिन्छ । यी यस्ता जानकारी लिनका लागि सम्बन्धित कार्यालयहरू मात्र पाउन सकिन्छ । तर सबै कार्यालय पुगिराख्न पनि त सम्भव हुँदैन। त्यसै कारण हिजोआज सरकारका विभिन्न कार्यालय र मन्त्रालयहरूले आआफ्ना वेबसाइटहरू बनाएका छन् । ती वेबसाइटबाट जो कोहिले इन्टरनेटको सहयोग लिई चाहिएको कार्यालयबाट आधिकारिक जानकारी लिन सक्छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
www.opmcm.gov.np यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट हो । सरकारले गरेका निर्णय तथा कार्यक्रमको जानकारी यहाँ पढ्न सकिन्छ ।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग
www.ird.gov.np यो नेपाल सरकार आन्तरिक राजस्व विभागको वेबसाइट हो। सरकारको कर नीति अनुरूप प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क जस्ता आन्तरिक कर नीति निर्माण गर्ने र ती कर नीतिको कार्यान्वयन र प्रशासन तथा अनुगमन राजस्व विभाग गर्छ ।
नेपाल कानुन आयोग
www.lawcommission.gov.np यो नेपाल कान’न आयोग वेबसाइट हो । यसले नेपालका सम्पूर्ण कानुनहरूलाई समीक्षा र सुधार गर्ने काम गर्दछ । कानुन आयोगको वेबसाइटमा व्यवसायीहरूलाई चाहिने सम्पूर्ण कानुनहरू सजिलै डाउनलोड गरी पढ्न बुझ्न सकिन्छ ।
नेपाल लेखामान बोर्ड
www.standards.org.np यो नेपाल लेखामान बोर्डको वेबसाइट हो । यो नेपाल सरकारद्वारा स्थापित एक स्वायत्त र वैधानिक अङ्ग हो। यसले आर्थिक विवरण तयारी र प्रस्तुतिको लागि लेखा मानकहरू तय गर्ने र जारी गर्ने काम गर्छ ।
कम्पनी रजिष्टारको कार्यालय
www.ocr.gov.np कम्पनी रजिष्टारको कार्यालयको वेबसाइट हो । यो कार्यालयबाट कम्पनी दर्ता गर्न सकिन्छ । कम्पनीको नियम कानुनका विषयमा जानकारी लिन यो वेबसाइट पढ्न सकिन्छ ।
नेपाल राष्ट्र बैंक
www.nrb.org.np नेपाल राष्ट्र बैङ्कको वेबसाइट हो । यो नेपालको केन्द्रीय बैङ्क हो। यसले नेपालका सबै बैङ्कहरूलाई नियन्त्रण गर्छ ।व्यवसायीहरूले बैङ्कहरूले लिने ब्याजदर, विदेशी नीति तथा नियमहरू यस वेबसाइटबाट पढ्न सकिन्छ .
सहकारी विभाग
www.deoc.gov.np यो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको वेबसाइट हो । राष्ट्र बैङ्कले बैङ्कहरूको निगरानी गर्छ, त्यसरी नै यसले पनि सहकारीहरूको निगरानी गर्छ। व्यवसाय गर्ने क्रममा तपाईँ सहकारीसँग कारोबार गर्दै हुनुहुन्छ भने तपाईँलाई यो वेबसाइटबाट महत्त्वपूर्ण जानकारीहरू प्राप्त गर्न मद्दत पुग्छ।
घरेलु तथा साना उद्योग विभाग
www.dcsi.gov.np यो घरेलु तथा साना उद्योग विभागको वेबसाइट हो । घरेलु तथा साना उद्योगहरूले उद्योग दर्ता , नवीकरण , पुँजी तथा क्षमता वृद्धि , ठाँउसारी , नामसारी गर्ने, लघु कर्जा लिनेबारे यस वेबसाइटबाट जानकारी लिन सकिन्छ ।
नेपाल सरकारको आधिकारिक पोर्टल
www.nepal.gov.np यो नेपाल सरकारको आधिकारिक पोर्टल हो । यस भित्र व्यवसाय शीर्षकमा क्लिक गर्दा नेपालमा व्यवसाय गर्दा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ।
नेपाल धितोपत्र बोर्ड
sebon.gov.np यो नेपाल धितोपत्र बोर्डको आधिकारिक वेबसाइट हो । यसबाट पब्लिक कम्पनीहरूले सेयर जारी गर्ने अनुमति लिन सक्छन्।
कृषि विभाग
www.doanepal.gov.np यो कृषि विभागको वेबसाईट हो। कृषि सम्बन्धी सरकारका सम्पूर्ण नीति नियम कार्यन्वयन कृषि विभाग बाटै गरिन्छ ।











प्रतिक्रिया