सैनिकको रगतले बच्यो ७५ वर्षीया बृद्धाको ज्यान

0
Shares

विमल विष्ट, डोटी । जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको नेपाली सेनाको रुद्रध्वज गणका तिन जना सैनिकले दान गरेको रगतका कारण डोटीमा एक बृद्ध महिलाको ज्यान जोगिएको छ ।

सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका ५ बस्ने वर्ष ७५ की ललिता केसीलाई निमोनिया तथा सुगर रोग लागेपछि उहाँलाई शैलेस्वरी अस्पताल दिपायल भर्ना गरीएको थियो ।

शरीरमा रगतको मात्रा कमि भएका कारण उहाँको ज्यानमा समेत खतरा भएपछि उहाँलाई रुद्रध्वज गणमा कार्यरत अमल्दार सन्दिप दरै, प्युठ गणेश थोकर तथा सिपाही खिमलाल भण्डारीले तिन पिन्ट ए पोेटिभ रगतदान गरेपछि उहाँको ज्यान जोगिएको सो अस्पतालका निर्देशक आईजंग कुँवरले जानकारी दिनुभयो ।

सेनाले रगत दिएपछि निज बृद्ध महिलाके स्वास्थ्यमा निकै सुधार आएको शैलेस्वरी अस्पताल दिपायलले जनाएको छ । नेपाली सेनाले आफना सैनिकहरुको बल्डग्रुप पहिले नै छुट्टयाएर राख्ने गरेको र चाहिएको बेला जोसुकैलाईपनि रगत दान गर्ने गरेका कारण डोटीमा रगतको आवस्यक परे सेनाको व्यारेकमा स्थानियहरु धाउने गरेको दिपायलकी स्थानिय तुलसी शाहीले बताउनुभयो ।