काठमाडौं । काठमाडौंको अनामनगरस्थित भद्राघले स्कुल नजिकैको खोलामा बेवारिसे नवजात शिशुको शव फेला परेको छ । धोवीखोलामा सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
नवजात शिशुको शवको प्रकृति केहीबेर अघिमात्रै जन्मेको प्रहरीकाे अनुमान छ । काठकाे टुक्रामा अड्याइएको अवस्थााम शव भेटिएको छ । प्रहरीले शवलाई पानीबाट निकालेको छ ।
नवजात शिशु भएकाले कसको हो भनि पहिचान लगाउन गाह्रो भएको छ । भर्खरै जन्माएर अपराध लुकाउन शिशुलाई बगाएको हुनसक्ने स्थानीयको आशंका छ ।











प्रतिक्रिया