सेनाले सञ्चालन गरेको सिबिरबाट ४ सय ५३ जनाको उपचार

0
Shares

विमल विष्ट, डोटी । जिल्लाका उच्च लेकाली भेगमा केही दिन अघि हिमपात भएसँगै चिसो बढेपछि बिरामीको सँख्या बढ्न थालेपछि डोटी जिल्लामा नेपाली सेनाको रुद्रध्वज गणले निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गर्न थालेको छ । उक्त गणद्धारा जिल्लाको पुर्बिचौकी गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ३३ जना महिला र १ सय २० जना पुरुष गरी कुल ४ सय ५३ जनाको स्वास्थ्य चेकजाँच गरिएका हो ।

उक्त शिबिरमा ठुलो संख्यामा बिरामीको चेकजाच गरीएको रुद्रध्वज गणका गणपती रत्नकेशर खड्काले बताउनुभयो । उक्त गणले सुदूरपश्चिम पृतना दिपायलमा कार्यरत न.५ फिए जिओपिडि शाखाका चिकित्सक टोलीको सहयोगमा निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरीरहेको छ ।


उक्त निशुल्क स्वास्थ्य सिबिरमा पुर्बीचौकी गाउँपालिकाले पनि सहयोग गरेको बताईएको छ । पुर्बिचौकी गाउपालिका वडा नम्बर ४ सानागाउँमा रहेको सरस्वती आधारभुत बिद्यालयमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा पुर्बिचौकी गाउँपालिकाका महिला तथा पुरूषले स्वास्थ चेकजाच गरेको नेपाली सेनाको जिओपिडी शाखाका डाक्टर सुमन थापाले बताउनुभयो ।


नागरिकको स्वास्थ चेकजाँच तथा स्वास्थ उपचार गर्नका लागि नेपाली सेनाको सहयोगमा शिबिर सञ्चालन गरिएको पुर्बीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनुभयो । शिबिरका साथसाथै नेपाली सेना तथा सरस्वती आधारभुत बिद्यालयका बिद्यार्थीले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । उक्त निशुल्क सिबिर कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, शशस्त्र प्रहरी बलका एसपी प्रदिब पाल, सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालको उपस्थिति रहेको थियो ।