पश्चिमी वायुका कारण भोलिदेखि फेरी बदली हुने

0
Shares

काठमाडौँ । सोमबारदेखि फेरि देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनु भएको छ ।

मौसमविद् कँडेलले दिनुभएको जानकारी अनुसार पश्चिमी भेगमा आइतबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । उहाँका अनुसार गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि पश्चिमबाट फेरि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिन्छ ।

केहीदिनदेखि भैरहेको लगातार वर्षा र हिमपातपछि आइतबार मौसम सफा भएको छ । आइतबार काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।