नेपाल समाचारपत्र, बुटवल
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आम नेपाली जनता र अधिकांश दलहरु संघियता प्रतिको भ्रमका बारेमा स्पष्ट भईसकेको बताउनु भएको छ । अध्यक्ष केसीले संघियता खारेज गरी मुलुकलाई एकात्मक प्रणालीमा लैजानु पर्नेमा जोड दिनुभयो ।
प्रगतिशिल पत्रकार संघ रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संघियताबाट केही हुन्छ कि भन्ने भ्रममा रहेका जनता र केही दलहरु छोटो समयमा नै भ्रमबाट मुक्त भएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो हामीले २०६५ सालदेखि नै संघियता चाहिदैन देश टुक्राउन पाईदैन भनेका थियौ संघियता आएको छोटो समयमा संघियता नचाहिएको स्पष्ट भईसक्यो एउटा सरकार चलाउन गाह्रो भईरहेको देशमा ७ वटा प्रदेश सरकार चलाउन सकिदैन यो खारेज गरी एकात्मक प्रणालीमा जानु पर्छ ।
उहाँले संबिधान सभाबाट संबिधान बनेपछी र ३ तहका सरकार गठन भएपछी जनताले आशा गरेका चाहेका काम हुन नसकेर द्धन्द झन बढेको बताउनु भयो ।
उहाँले सिंहदरबारका अधिकार संगै भ्रष्टाचार पनि गाउँमा पुगेको उल्लेख गर्दै भ्रष्टाचारमा जनप्रतिनिधि नै संग्लन भएको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले एउटै देश र सरकारको नेतृत्वको पार्टीबाट भनेजुयलाका सम्वन्धमा अलग अलग बिज्ञप्ति आउनु दुखद भएको बताउनु भयो । उहाँले भनेजुयला स्वतन्त्र देश भएकाले अमेरीकाले हस्तक्षेप गर्न नपाउने बताउनु भयो ।
उहाँले नेपालमा पनि बैदेशिक हस्तक्षेप गरिरहने उल्लेख गर्दै नेपाली काँग्रेसले केही दिनअघि संसद अवरोध गर्दा भारतले सीमामा खाल्टा खन्न थालेको बताउनु भयो ।











प्रतिक्रिया