अर्जुन बोहरा, हुम्ला
हुम्लाको सर्केगाड गाउँपालिकामा सुत्केरी हुन नसकेकी महिला लाई फिस्टेल एअरको हेलिकप्टर बाट उद्धार गर्ने तयारी गरको छ । दुई दिन देखि सुत्केरी वेथा लागेकी सर्केगाड गाउँपालिका चार बस्ने २७ वर्षिय पार्वती शाहीलाई कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरेको सामाजिक मन्त्रि दलर रावले जानकारी गराउनु भयो ।
अहिले नेपालगन्ज र सुर्खेतमा र सिमकोट विमानस्लमा हेलिस्टेनबाई नहुँदा पोखर बाट भोलि आउए पछि उद्धारा हुने जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नावय उपरिक्षक रविन श्रेष्ठले बताउनु भयो । सुत्केरी व्यथा लागेकी शाहीलाई स्थानिय स्वास्थ्य चौकीमा डेलिभरी गराउन नसक्दा अहिले मार्फत उद्धार गर्न लागिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । भारि हिंपात र खराबमौसमकै कारणले हुम्लामा हवाई सेवा संचालन हुन नसकेपछि अहिले अति आवश्यकका विरामी जिल्ला बाहिर लैजान र गाउँबाट सदरमुकाम सिमकोट सम्म लैजान समस्या भएको छ ।
सुत्केरी व्यथा लागेका महिलाहरुलाई जिल्ला दुर्गम गाउँवस्तिमा पर्याप्त मात्र सुत्केरी गराउने प्रविधी सहित स्वाथ्य कर्मि नभए पछि समस्या भएको बताएको छ । सर्केगाड स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले डेलिभरी गराउन नसक्दा सिफारीस गरेर हेरिकप्टरको माग गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । शाहीलाई सर्केगाड स्वास्थ्य चौकीमा सुत्केरी गर्न नसक्दा ज्यान बचाउनको लागि स्थानिय सरकारले हेलि मार्फत उद्धार गर्न तयारी गरेको हो ।
कर्णाली प्रदेशका सामाजिक मन्त्री दल रावल, प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुंगाना, प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठ सांसद रंमति शाही लगायतले उद्धार लागि पहल गरेको खबर प्राप्त भएको छ ।











प्रतिक्रिया