इन्जा एसियामा पन्त

0
Shares

कठमाडौं, (नेस)
अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को एशिया च्याप्टर वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तराष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । वरिष्ठ पत्रकार पन्त यसअघि नै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्ष हुनुहुन्थ्यो ।

नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला (जापान), दीपक पुडासैनी (कतार) र मन्जु गुरुङ (कोरिया) रहनुभएको छ । समितिको महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । समितिको सदस्यहरुमा दीपक समिर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहनुभएको छ । यो तदर्थ समिती हो ।

उपाध्यक्षहरुले आफू कार्यरत देश देशमा ’ईन्जाका साथी’ (फ्रेन्डस अफ ईन्जा) गठन गर्ने बैधानिक ब्यबस्था भए अनुसार नेपाल, जापान, कोरिया र मध्यपूर्व (कतार) मा पनि ’ईन्जाका साथी’ गठन हुने छन् ।

महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्या्दित पत्रकारीताको बिकास तथा नेपाली भाषी पत्रकारहरुको हितमा काम गर्ने छन।