वर्षाले ४ करोडको इँटा नष्ट

0
Shares

पुष्पा थापा,सर्लाही
शुक्रबार देखि लगातार परेको बर्षाका कारण सर्लाहीमा ४ करोड भन्दा बढी काँचो इट्टा गलेर नष्ट भएको छ । जिल्लामा अहिले ८० वटा ईट्टा उधोग संचालनमा रहेको सर्लाही इट्टा व्वयवसायी संघका अध्यक्ष मैथुर चौधरीले जानकारी दिनुभयो ।

एक महिना देखि पकाउन ठिक्क पारेको ईट्टा वर्षको पानीले गलेपछि त्यहाबाट हटाउन समेत झन्झट हुने अध्यक्ष चौधरीले बताउनुभयो।
भट्टामा पोल्न तयारी अवस्थामा राखेको ईट्टा पानीले नष्ट पारेपछि इट्टा ब्यवसायीले ठुलो क्षति ब्यहोर्नु परेको अमबर ईट्टा उधोगका संचालक नाग्रेन्द्र दाशले बताउनुभयो।पोल्नको लागि तयारी ईट्टा पानीले गलाउदा प्रत्येक इट्टा भट्टा उधोगले करिव २५ लाख सम्मको नोक्सानी बेहोर्नु परेको उहाँले गुनासो गर्नुभयो ।

एउटा ईट्टा तयार पार्न कम्तीमा तीन रुपियाँ लाग्ने उधोगीहरुको भनाई छ। बैंक तथा वित्तिय संस्थाहरुबाट महँगो ब्याज दरमा ऋण लिएर उद्योग ब्यवसाय सञ्चालन गरेका उद्योगी ब्यवसायीलाई बेमौसमी वर्षले ठूलो आर्थिक क्षति र्पुयाएको उनीहरुले गुनासो गरेका छन ।

त्यसैगरी शनिबार बिहान पानीसँगै परेको असिनाले तेलहन, दलहन र तरकारी बालीमा क्षति र्पुयाएको छ।खेतबाट पिप्पने बेला भएको तोरी असिनाले नष्ट पारेको हरिपुर –१ का किसान गोपाल बस्नेतले गुनासो गर्नुभो। असिनाले चना , मुसुरो लहरी लगायतका दलहन खेतीमा समेत क्षति र्पुयाएको छ।