यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते

0
Shares

धादिङ ।
धादिङबेसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुवाहक बस आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

अत्यधिक गतिमा गुडेको बस नीलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा ३५ यात्रु सवार थिए । घाइते तीनलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ ।
घाइते अन्य ११ को जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक ३५ वर्षीय शिव सिलवाललाई प्रहरीले निगरानीमा राखेर ट्रमा सेन्टरमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।
रासस