करेन्ट लागेर एक शिक्षकको मृत्यु

0
Shares

लम्की ।
सरस्वती पूजाको तयारी गरिरहेका कैलालीका एक शिक्षकको मृत्यु भएको छ ।

बाजुराको कुलमाण्डौँस्थायी घर भई हाल घोडाघोडी नगरपालिका–२ साढेपानीमा रहेको दशरथ माविमा कार्यरत २३ वर्षीय शिक्षक हुकुम जैसीकोे करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर विद्यार्थी सुशील बिष्ट र खम्बिर जोशी घाइते भएका छन् । घाइते विद्यार्थीको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको छ । सरस्वती पूजाको पूर्वतयारीका क्रममा विद्यालय हाताभित्र रहेको हरियो बाँस काटेर तान्ने क्रममा बाँसले हाइटेन्सनको नाङ्गो तारलाई छोएपछि करेन्ट लागेको थियो ।
रासस